'ओली जीको असली प्रवृती पार्टी एकता भएको केही महिनामै बुझिसकेको थिए':  प्रचण्ड

File photo
File photo

नेकपा (प्रचण्ड-माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहदा आफुसगँ गरेका कुनैपनि सम्झौता कार्यान्वयन नगरेको बताएका छन्। 

आज (शनिबार) काठमान्डौँमा प्रचण्ड-माधव निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीको आन्तिरिक र बाह्य प्रवृती आफुले राम्रो सगँ बुझेको टिप्पणी गरेका हुन्। 

भेलालाई सम्बोधन गर्दै उनले भने, 'केपी ओली जी बाहिर-बाहिर लोभलाग्दो सपना बाँड्दै हिड्ने र भित्रभने केहीपनि कार्यान्यवयन नगर्ने प्रवृतीको मान्छे हुनुहुदो रहेछ। उहाँको असली प्रवृती पार्टी एकता भएको केही महिनामै बुझिसकेको थिए।'

साथै उनले आफैंले बनाएको संविधान र त्यसको मर्ममाथि निर्मम खालको प्रहार भएको कुरापनि स्पष्ट पारे।

ओलीले लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउने दिशातिर अघि बढेको उनको ठम्याई छ। कम्युनिस्ट आन्दोलनले हासिल गरेका उचाइहरु र यसले प्राप्त गरेका गौरवलाई नै कालो पोत्नेगरी ओली अगाडी बढेका उनको आरोप छ। 
 

प्रकाशित मिति: : 2021-02-27 17:09:00

प्रतिकृया दिनुहोस्