प्रधानमन्त्री ओली झापा जाँदै, यस्तो छ समय तालिका

बिएल संवाददाता

काठमाडाै‌ं
File Photo
File Photo

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जान जाँदै छन्।

औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा जान लागेका हुन्।

प्रधानमन्त्री ओलीले गौरादह नगरपालिका, दमक नगरपालिका  र कमल गाउँपालकामा २ हजार २ सय बिगाहमा बन्ने  ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को शलान्यास गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्री ओलीले कमल गाउँपालिका –७ को सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने छन्।

दमक नगरपालिका –१ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक नगरपलिका –४ बाट उर्लाबारीको आम्बाडी जोड्ने मावा पुल, दमक नगरपािलका –१० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

No description available.

प्रकाशित मिति: : 2021-02-28 09:37:00

प्रतिकृया दिनुहोस्