नागरिकलाई राम्रो व्यवहार गर्ने ट्राफिकलाई पुरस्कृत गरिने

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकप्रति राम्रो व्यवहार गर्ने ट्राफिक प्रहरीलाई पुरस्कृत गर्ने भएको छ। 

महाशाखाले आइतबार शुभारम्भ गरेको ‘नागरिकमैन्त्री ट्राफिक प्रहरी छनौट कार्यविधि–२०७७’ मार्फत काममा खटिएका प्रहरीले नगारिकप्रति गर्ने व्यवहारका आधारमा पुरस्कृत गर्ने भएको हो। 

उक्त कार्यक्रममा प्रहरी र पत्रकारलाई सम्बोधन गर्दै एसएसपी भट्टराईले ट्राफिक प्रहरीलाई आउने गुनासोलाई मध्यनजर गरेर त्यसको सुधारका लागि नयाँ कार्यविधि ल्याएको बताएका छन्। 

‘नागरिकप्रति प्रहरीले गर्ने व्यवहारप्रतिको कमजोरी सुधारका लागि विगतमा गरेका प्रयासले मात्रै नपुगेकोले यो कार्यविधि ल्याइएका हौँ’ उनले भने।

सो कार्यविधि अनुसार काममा खटिएका प्रहरीमध्ये नागरिकलाई उत्कृष्ट व्यवहार गर्नेलाई सम्मान गरिनेछ। 

नयाँ कार्यविधिले प्रहरीले नागरिकलाई राम्रो व्यवहार गर्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ।

कार्यक्रममा महाशाखाले उत्कृष्ट कार्य गर्ने दश जना ट्राफिकलाई सम्मान गरिएको थियो। उनीहरुले घुस दिन खोज्नेलाई कारवाही गरेकाले  नगद, प्रमाणपत्रसहित सम्मान गरिएको हो।

प्रकाशित मिति: : 2021-02-28 15:46:00

प्रतिकृया दिनुहोस्