बेल्जियमको जेलमा कोभिड–१९ फैलिएपछि कैँदीका आफन्त सुरु गरे प्रदर्शन

File photo
File photo

बेल्यिजयमको नामुर कारागारमा एक सय ३२ कैदीबन्दी र ६० कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने घोषणा गरेको छ।

सरकारले थुनामा रहेका कैँदीलाई सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक ध्यान नदिएको तथा सङ्क्रमित कैदीलाई भेट्न कारागार प्रशासनले नदिएको भन्दै उनीहरूका आफन्तहरूले कारागार क्षेत्रमा प्रदर्शन गरेका छन्।

संक्रमितहरुलाई बाहिरी व्यक्तिसँग भेट्न दिँदा कोरोनाले उग्र रुप लिनसक्ने भन्दै जेल प्रशासनले उनीहरूलाई भेट्न नदिइएको बताएको छ।

प्रधानमन्त्री अलेक्डेन्डर डी क्रोओले कारागारमा देखिएको सङ्क्रमणले देश नै कोरोनाको संकटमा परेको संकेत गर्दै लकडाउनको थप उपायहरु अपनाउने बताएका छन्।। रासस


 

प्रकाशित मिति: : 2021-02-28 21:00:00

प्रतिकृया दिनुहोस्