औद्योगिक क्षेत्रले जगाएको आशा

संयुक्त राष्ट्रसंघको एउटा समितिले भर्खरै मात्र मुलुकलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ। विकासशील राष्ट्र बन्न चाहिने तीनवटा मापदण्डमध्ये दुईवटा सहजै पूरा गरे पनि प्रतिव्यक्ति आयको सन्दर्भमा भने नेपालले निर्धारित लक्ष्य भेटाउन सकेको छैन।

उद्योग तथा कलकारखाना स्थापना प्रक्रियामा लागेको ब्रेक, बढ्दो बेरोजगार दर तथा न्यून आर्थिक क्रियाकलापका कारण प्रतिव्यक्ति आम्दानीको लक्ष्यमा पुग्न कठिनाइ भइरहेको छ।

सरकारले पछिल्लो समय दु्रतगतिमा दौडाएको औद्योगिक क्षेत्र स्थापना प्रक्रियाले भने विकासशील राष्ट्रमा स्तरोन्नति हुने मात्रै होइन समग्र मुलुककै आर्थिक हैसियत माथि उकास्ने आशा जगाएको छ। 

प्रकाशित मिति: : 2021-03-02 08:18:00

प्रतिकृया दिनुहोस्