कुमारी क्लबलाई हराउदै मध्यपुर युथ उक्लियो नवौँ स्थानमा

सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा मध्यपुर युथले श्री कुमारी क्लबलाई २-१ को अन्तरले पराजित गरेको छ। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा मध्यपुरले जित हात पारेको हो। मध्यपुरलाई जिताउन कैलाश लामिछाने खत्री र धिरज श्रेष्ठले एक एक गोल गरेका थिए। 

जित सँगै मध्यपुर लिगको नवौं स्थानमा उक्लिएको छ।
 

प्रकाशित मिति: : 2021-03-02 15:20:00

प्रतिकृया दिनुहोस्