अमेरिकामा प्रस्ताव गरियो 'विशेष अध्यागमन विधेयक', पारित भएमा आप्रवासीहरुले पाउनेछन् यस्ता सुविधा

Photo : Todaytimes
Photo : Todaytimes

अमेरिकी राष्ट्रपति जो बाइडेनले 'विशेष अध्यागमन विधेयक' (बिल) पेश गरेको गरेका छन्। बाइडेनको प्रशासनले डेमोक्र्याटिक सांसदहरु सँग मिलेर अध्यागमन विधेयकलाई औपचारिक रुपमा पेश गरेका हुन्। 

उक्त पेश गरिएको बिधयकलाई 'अमेरिकी नागरिकता अधिनियम २०२१' नाम दिइएको छ।  बिधयकमा अध्यागमनको मार्ग बिस्तार गर्ने र बिना कागजपत्र रहेका (अन डकुमेन्ट) ११ मिलियन आप्रबासीले आउदो आठ बर्षमा अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने कानुन पारित गर्ने जनाईएको छ। 

प्रस्तुत विधेयकले अमेरिकामा रहेका  'आउट अफ स्ट्याटस'माता पिताका बच्चाहरुलाइ कानुनी अधिकार प्रदान गर्न पहल गर्नेछ। साथै टि पी एसमा रहेकाहरुलाई पनि कानुनी दायरामा ल्याउन सकिने अपेक्षा गरिएको छ। 

विधेयकमा घरेलु हिंसा र मानव तस्करी जस्ता गम्भीर अपराध भोगिरहेका पिडितहरुलाई पनि कानुनी हैसियत प्रदान गर्ने उल्लेख छ। साथै हरेक बर्ष अमेरिकाले प्रदान गर्दै आएको दश हजार भिसा बढाएर तिस हजार पुर्याउन प्रस्ताव गरिएको छ। प्रस्तावित बिधयकमा हाल रोजगारी भिसा १ लाख ४० हजार दिदै आएकोमा त्यसलाई बढाएर १ लाख ७० हजार पुर्याईने कुरापनि उल्लेख गरिएको छ। 

प्रस्तावित विधेयक पारित भयो भने बिना कागजपत्र अमेरिकामा बसिरहेका सबै आप्रवासीहरुले आउदो पाँच बर्षमा स्थायी आवासीय पत्र (ग्रीन कार्ड) र त्यसको तिन बर्षमा नागरिकता पाउने छन्। जसको लागी उनीहरुले प्रत्येक वर्ष ट्याक्स तिरेको र जघन्य अपराध नगरेको हुनुपर्ने छ।

विधेयकमा दक्षिण अमेरिकी राष्ट्रहरु ग्वाटेमाला, एल साल्भाडोर र होण्डुरसलाइ ४ अर्ब डलरको सहायता दिने र प्रवासीहरुलाई अमेरिका-मेक्सिको सिमामा यात्रा गर्न रोक लगाईने उल्लेख छ। जसले अमेरिकामा लुकेर आउनेहरुलाई नियन्त्रण गर्ने अपेक्षा लिईएको छ। 
 

प्रकाशित मिति: : 2021-03-03 07:01:00

प्रतिकृया दिनुहोस्