रातभरिसम्म एउटा दलको नेता भोलि बिहान फ्याट्ट अर्को दलको माथिल्लो नेता कसरी बन्छ ?

नेताहरुले आफ्नो निजी जिन्दगी कसरी चलेको छ ? सार्वजनिक गरिदिनुस् : विनोद लोहनी

रातोपाटी

काठमाडौं

सबैभन्दा पहिले म अलिकति प्रतिटिप्पणी राख्छु। हामी मान्छेहरु भिन्नाभिन्नै छौँ। सबैका औँठाको छाप फरक छ, आँखाका चिन्हहरु फरक फरक छन्।

तर हामी मान्छे एउटै पनि छौँ। हाम्रो जेनेटिक कोड हेर्ने हो भने ठूलो हिस्सा माछासँग मिल्छ।

प्रणालीको कोषबाट कुरा गर्दा हाम्रा विशिष्ट दुःख पनि छन्।

हाम्रा दुःखको एउटा हिस्सा संसारभरिकै मान्छेहरुको दुःख हो। त्यसो हुँदा राजनीतिक दलहरुले उपनिवेशीकरण लादेका छन् भन्ने कुरा चाहिँ पुनर्विचार गरिनुपर्ने कुरा हो जस्तो लाग्छ।

हाम्रा राजनीतिक दलहरुमा केही समस्या छन्। यी समस्या फेरिएको परिस्थितिमा पैदा भएका समस्याहरु हुन्।

यी समस्याको सानो अंश कुनै बेलामा सबलता थियो। उदाहरणका लागि एउटा कार्यकर्ता र नेताबीचको पहुँच अहिले असाध्यै घटेर गएको छ।

जतिखेर अप्ठ्यारो बेला थियो, हाम्रा लगभग सबै राजनीतिक पार्टीहरु सैनिक सङ्गठन हुँदै आएका हुन्।

सैन्य संरचना थियो, युद्धबाट आएका हुन्। काँग्रेस पनि त्यही बाटोबाट आएको हो, कम्युनिस्ट पार्टीहरु पनि त्यही बाटोबाट आएका हुन्। यो सबलता थियो, जसले हाम्रो आन्दोलनलाई जोगायो।

प्रकाशित मिति: : 2021-03-03 12:30:00

प्रतिकृया दिनुहोस्