विप्लव समूह सँगको वार्तापछि गृहमन्त्रीले भने- छिट्टै सुखद् परिणाम आउने अपेक्षा छ

फाइल तस्वीर
फाइल तस्वीर

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँगको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन्।

गृहमन्त्री थापाले बुधबार सामाजिक सञ्जाल फेसबुक भनेका छन्, 'मेरो नेतृत्वमा रहेको नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच आज भएको पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ।’ 

वार्ता धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको बताउँदै उनले केही विषयमा छलफल जारी भएको बताए। ‘छिट्टै सुखद् परिणाम आउने अपेक्षा छ’, गृहमन्त्री थापाले ।



सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

प्रकाशित मिति: : 2021-03-03 15:50:00

प्रतिकृया दिनुहोस्