उद्घाटन र शिलान्यासमा रमाउँदै प्रधानमन्त्री

झापा पुगेर पनि दोभान बजारवासीलाई सान्त्वना दिन किन ताप्लेजुङ पुगेनन् ओली ?

रातोपाटी

काठमाडौं

आफ्नो सुरक्षामा खतरा रहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा अझ बढी सक्रिय हुन थालेका छन्।

‘सुरक्षा थ्रेट’ का बाबजुद प्रधानमन्त्री ओली काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन किन सक्रियता बढाइरहेका छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ।

वाक्पटुताका धनी प्रधानमन्त्री ओलीले विकास निर्माणका विभिन्न संरचना उद्घाटन तथा शिलान्यासको अवसर जुराएर विभिन्न क्षेत्रमा पुग्ने र आफ्ना राजनीतिक विरोधीमाथि निर्मम टिप्पणी गरेर राजनीतिक स्वार्थ पूरा गर्ने लक्ष्य बनाएको देखिन्छ।

केही दिनअघि पोखरामा पुगेर उनले आफ्नो सुरक्षामा खतरा रहेको र ज्यान नै गए पनि आश्चर्य मानिरहन नपर्ने बताएका थिए।

फागुन १६, १७ र १८ गते उनी झापा, मोरङ र कास्कीका कार्यक्रममा व्यस्त रहे। यी तीन दिनमै दुई पटकसम्म उनी गृहजिल्ला झापा पुगे।

प्रधानमन्त्रीको देश दौडाहा ‘सरकारले विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिएको’ सन्देश दिन केन्द्रित छ।

देशमा दैनिकजसो विभिन्न आयोजना, विकास निर्माणका भौतिक संरचना निर्माण भइरहेको दावी गर्नका लागि प्रधानमन्त्री ओलीले उद्घाटन र शिलान्यासका कार्यक्रममा सक्रियता देखाएका हुन्।

प्रकाशित मिति: : 2021-03-03 18:08:00

प्रतिकृया दिनुहोस्