ऐतिहासिक भूलबाट ऐतिहासिक अवसरतर्फ

गोरखापत्र

काठमाडाैं

परिवर्तनको आन्दोलनमा होमिएको यो पङ्क्तिकार पटक पटकको प्रहरी हिरासत, जेल, भूमिगत हुँदै ४० वर्षअघि मिसन पत्रकारितामा फाल हाल्न पुग्यो।

०४० सालमा पत्रकारको हैसियतमा समाचार सङ्कलन गर्न गएको पङ्क्तिकारलाई अराष्ट्रिय तìवको भेलामा सामेल भएको भनी गिरफ्तार गरी नख्खु जेलमा कोचियो। आरोप थियो–तँ किन शोषित पीडित गरिब निमुखाको पक्षमा समाचार, लेख, टिप्पणी प्रकाशित गर्छस्? यथार्थपरक, सत्य र विश्लेषणात्मक समाचार लेख्नु नै अपराध ठानियो। जेलमा लोकतन्त्रका लागि जीवन न्यौछावर गरेका क्रान्तिकारीहरूसँग भेटघाट भयो। 

प्रकाशित मिति: : 2021-03-05 07:09:00

प्रतिकृया दिनुहोस्