आइलिग मेरा लागि नसोचेको सपना जस्तै : प्रकाश बुढाथोकी (अन्तर्वार्ता)

नेपाल लाइभ

काठमाडौँ

काठमाडाैं– सफलताको उचाईमा पुगिसकेका खेलाडीको प्रदर्शन अकल्पनीय रुपले खस्कन सक्छ। उदाहरण प्रकाश बुढाथोकी नै हुन्। दक्षिण एशियाली खेलकूद (साग)मा सनसनीपूर्ण गोल गरेर उदाएका प्रकाश त्यसपछिका दिनमा भने यस्तो प्रदर्शनबाट हराए।

भारतलाई २–१ गोल अन्तरले पराजित गर्दाको सन् २०१६ को उनको त्यो ‘फ्रिकिक गोल’ धेरैको सम्झनामै छ। अहिले भने उनी चर्चित भारतीय घरेलु फुटबल ‘आइलिग’ खेलिरहेका छन्।

सन् २०१६ मा १२ औं सागमा विश्वस्तरीय फ्रिकिक गोल गरेपछि सबैको नजरमा परेका प्रकाश लामो समय चोटको सिकार बने। २०७५ को शहिद स्मारक ए डिभिजन लिगमा  न्युरोड टिम (एनआरटी) को कप्तानको जिम्मेवारी सम्हालेका प्रकाश त्यसपछि भने लयमा फर्किए।

सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशविरुद्ध डेब्यू गरेका प्रकाश आक्रामक मिडफिल्डर हुन्।

प्रकाशित मिति: : 2021-03-06 08:27:00

प्रतिकृया दिनुहोस्