पाकिस्तानमा विस्फोट हुदा पाँच जनाको मृत्यु

Photo : BBC
Photo : BBC

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ। अरु पाँच जना घाइते भएका छन्।

सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन्। त्यस विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन्।उनीहरु यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो।

सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो। उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका डेपुटी कमिशनर यासिर खानले जानकारी दिएका छन्।रासस

प्रकाशित मिति: : 2021-03-06 16:48:00

प्रतिकृया दिनुहोस्