‘जज्बा’ बोकेर जुलशमा पुगिरहन्छन् जो

नेपाल लाइभ

काठमाडाैं

काठमाडाैं–आन्दोलन आफैंमा अनुहारहरूको भीड हो। त्यो भीडबाट जो मञ्चमा उक्लेर मुखर हुन्छ, उही देखिन्छ। त्यसलाई भीड बनाउन एक–एक व्यक्तिको महत्व हुन्छ। रातारात नेता बनिहाल्ने लोभले भीडबाट आफूलाई मञ्चमा उभ्याउन मरिहत्ते गर्ने जमातमा एउटा अनुहार छ, जो न्यायका निम्ति निस्किइरहने हरेक जुलुसमा पुगिरहन्छ। नारा लगाइरहन्छ। त्यो अनुहार रामनरेश यादवको हो। 

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा गोविन्द केसीले अगुवाइ गरेको जुलुश होस् वा भारतले नेपाली भूमि मिच्दा जाग्ने युवाको समूह, रामनरेश पुगिरहन्छन्। निर्मला पन्तलाई न्याय दिलाउन गरिने दबाबमुलक कार्यक्रममा पनि उनी उपस्थित हुन्छन्। संविधानमा नसमेटिएका आफ्ना आवाजलाई मुखरित गर्ने आन्दोलनमा त उनी छुट्ने कुरै भएन। निश्चित, भूगोल र जातिले आफ्ना लागि गर्ने आन्दोलन भन्दा बढी उनी ‘सबैका लागि’ सबैले गर्ने आन्दोलनमा रहन्छन्।

उनलाई लाग्छ, दुःख वा पीडाका प्रकार फरक होलाल् तर, उत्पीडन मधेशमा मात्र होइन, कर्णालीमा पनि छ। पीडामा मधेशी मात्रै होइनन्, आदिवासी जनजाति र महिला पनि छन्। उनलाई लाग्छ, यी सबैका लागि उभिनुपर्छ, बोल्नुपर्छ। आफू अरुका लागि उभिँदा आफ्ना लागि अरु उभिइदिन्छन्। यही मान्यतालाई लिएर उनी आफूलाई हरेक आन्दोलनको हिस्सा बनाउन चाहन्छन्।

प्रकाशित मिति: : 2021-03-07 08:26:00

प्रतिकृया दिनुहोस्