हलिउड स्टार निकोलस केजको पाँचौ बिहे

Photo - FlipBoard
Photo - FlipBoard

बलिउडका चर्चित नायक निकोलस केजले पाँचौ पल्ट विवाह गरेका छन्। यसपालि उनी २६ वर्षीय रिको सिबातासँग वैवाहिक बन्धनमा बाँधिएका हुन्।

गत महिना लस भेगासस्थित एक होटलमा आफन्तहरूको जमघटमा उनले विवाह गरेको शुक्रबार ओस्कार विजेता नायकले बताए। 

‘यो साँचो हो र हामी खुसी छौं,’ उनले विज्ञप्ती सार्वजनिक गर्दै भनेका छन्। विवाह १६ फेब्रुअरी, जुन दिन केजको बुवाको जन्मदिन थियो, त्यही दिन वेनान होटलमा भएको टिएमजीको रिपोर्टमा उल्लेख छ। 

५७ वर्षीय केजको सिबातासँग गत वर्ष जापानमा भेट भएको थियो। उनले गत समरमा सिबातासँग विवाहको प्रस्ताव राखेको केजका भाई मार्क कोपोलाले रेडियो कार्यक्रममा बताए। 

केजले यसअघि प्याट्रिसिया आक्र्युट, लिसा मारिया प्रेस्ले र एलिस किमसँग विवाह गरेका थिए। मेकअप आर्टिस्ट इरिका कोइकसँग ४ दिन छोटो वैवाहिक जीवन २०१९ मा पारपाचुके भएपछि समाप्त भएको थियो।

प्रकाशित मिति: : 2021-03-07 11:06:00

प्रतिकृया दिनुहोस्