पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न

Tv Sorrisi canzoni

इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ। 

इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो। सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गरेका थिए।

उनले शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गरेका थिए।

आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताए।

उनले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिएका थिए। जसमा उनले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राखेका थिए।

प्रकाशित मिति: : 2021-03-08 17:31:00

प्रतिकृया दिनुहोस्