रघुजी पन्त भन्छन्, 'पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्छ'

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा प्रचण्ड समूहका नेता रघुजी पन्तले पार्टी एकता जोगाउने सम्भवना खोज्नुपर्ने बताएका छन्।

सोमबारमा पेरिसडाँडामा जारी माओवादी केन्द्रको स्थायी कमिटी  बैठकबारे जानकारी दिँदै नेता पन्तले पुष्पमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीले छलफल गरेर पार्टी एकताको सम्भावना खोज्नुपर्ने बताए।

अदालतको फैसला अलिक बढी राजनीतिक भएको भन्दै पन्तले फैसला मान्नै पर्ने बताए।

नेता पन्तले भने, ‘अदालतको फैसला अलिक बढी राजनीतिक भएको छ भन्ने कुरा भएको छ। एकता महत्त्वपूर्ण थियो। एकताको जोगाउने सम्भावना खोज्नुपर्छ। केपी ओली र प्रचण्ड बसेर छलफल गर्नुपर्छ।’ 

प्रकाशित मिति: : 2021-03-08 18:42:00

प्रतिकृया दिनुहोस्