रघुजी पन्तविरूद्ध कोमल वलीले दायर गरिन् गाली बेइज्जतीको मुद्दा

राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छन्।

पन्तले दिएको अभिव्यक्तिलाई लिएर मंगलबार वलीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्।

उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै कारबाही माग गरेकी छन्।

केहीदिन अघि पन्तले एक कार्यक्रममा ‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन्’ भनेर अभिव्यक्ति दिएका थिए।  

प्रकाशित मिति: : 2021-03-09 13:01:00

प्रतिकृया दिनुहोस्