विनयजंगमाथिको अनुसन्धान सकियाे, पाँच वर्षसम्म कैद र एक लाख जरिवानाको मागसहित प्रहरीले बुझायो प्रतिवेदन

फाइल तस्वीर
फाइल तस्वीर

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतमाथिको अनुसन्धान प्रहरीले सकाएको छ।

अनुसन्धन सकेर मंगलबार काठमाडौं सरकारी वकिल कार्यलयमा प्रतिवेदन बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले बताएका छन्।

युट्युबमार्फत अश्लिल तस्विर सार्वजनिक गर्ने धम्की दिएको भन्दै बस्नेतविरुद्ध सपनाले फागुन २ गते प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसको दुई दिनपछि प्रहरीले बस्नेतलाई नयाँ बसपार्कबाट प्रक्रउ गरेको थियो।

प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विघुतीय कारोकार ऐन अन्तर्गतको मुद्धामा अन्नुसन्धान थालेको थियो। दुबै मुद्धा अन्तर्गतको मागदाबी गरेको एसएसपी सिंहले बताएका छन्।

उनका अनुसार उनलाई विद्युतीय ऐन एक लाखसम्म जरिवान र पाँच वर्षसम्म कैद वा दुबै सजायको मागदाबी र अभद्र व्यवहारमा एक वर्ष कैद वा १० हजारसम्म जरिवानाको माग गरिएको छ। 

सँगै बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनय र सपनाबीचको खटपट पछिल्लो समय सर्वाजनिक भएको थियो।

बिबिसीको सूचीमा चयन भएको केही समयपछि उनीहरुबीच विवाद सुरु भएको थियो। अहिले उनीहरु छुट्टा छुट्टै समूहकमा काम गर्दै आएका छन्।

प्रकाशित मिति: : 2021-03-09 18:00:00

प्रतिकृया दिनुहोस्