मेलम्चीको पानी दुई सातापछि घरघरमा

गोरखापत्र

काठमाडाैं

मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ।

चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए।

उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ। परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’मा पानी वितरण गरिनेछ।’’

प्रकाशित मिति: : 2021-03-10 07:18:00

प्रतिकृया दिनुहोस्