नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा प्रतिबन्ध फुकुवा भएपछि के गर्दैछ

बिबिसी

काठमाडाैं
RSS

प्रतिबन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरूले राजनीतिक मुद्दासहित भेटघाटमा व्यस्त रहेको सो समूहले बताएको छ।

सरकारी पक्षले नेकपासँग भएको सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको र उसका कार्यकर्तामाथि लागेका मुद्दा क्रमश: फिर्ता हुँदै जाने जनाएको छ।

गत साता तीन बुँदे सम्झौता गर्दै उक्त पार्टीले शान्तिपूर्ण ढङ्गले आफ्ना गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो।

विप्लव समूह भनेर पनि चिनिने नेकपा अब कस्ता गतिविधिमा संलग्न हुन्छ भन्ने धेरैले चासो व्यक्त गरेको पाइन्छ।

कार्यकर्ता परिचालन

गतिविधिबारे जिज्ञासा राख्दा वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले आफूहरू कार्यकर्ता भेटघाट लगायतका गतिविधिमा अहिले सक्रिय रहेको बताए।

भावी राजनीतिक योजनाबारे उनले भने, "एउटा विषयमा जनमत सङ्ग्रह गर्ने भन्दैछौँ। वैज्ञानिक समाजवाद अथवा संसदीय पुँजीवाद रोज्ने भन्नेबारे विभिन्न प्रकारका राजनीतिक, जनपरिचालन तथा कार्यकर्ता परिचालनजस्ता कार्यक्रम हामी गर्छौँ।"

प्रकाशित मिति: : 2021-03-10 18:29:00

प्रतिकृया दिनुहोस्