साहसिक पर्यटनको नयाँ ‘प्रोडक्ट’ जिपलाइन : बढ्दो आकर्षण तर, कति सुरक्षित?

नेपाल लाइभ

काठमाडौं

काठमाडौं- पर्यटकका लागि नेपाल पुरानो र अनुभव बोकेको गन्तव्य हो। साहसिक पर्यटनका लागि चर्चित पनि छ, नेपाल। साहसिक पर्यटन अन्तर्गतको ट्रेकिङ र वाइल्डलाइफमा त नेपाल 'पायनियर' नै हो।

हिमाल आरोहण (माउन्टेनरिङ) पनि नेपालको पहिचान हो। नेपालको र्‍याफ्टिङ दक्षिण एसियाकै आकर्षक मानिन्छ। नेपालमा र्‍याफ्टिङ १९७० को दशकमा सुरु भएको थियो। 

त्यसपछि विस्तारै नेपालमा साहसिक पर्यटनका 'प्रोडक्ट' एकपछि अर्को गर्दै थपिने क्रममा छन्। नेपालको साहसिक पर्यटकीय प्रोडक्टमा एक दर्जनभन्दा बढी गतिविधि संचालनमा छन्।

पाराग्लाइडिङ, स्काई राइडिङ, बन्जी, ट्रेल रेस, म्याराथन, अल्ट्रालाइट लगायतका प्रोडक्ट नेपालका लागि अहिले पहिचान बनिसकेको छ। साहसिक पर्यटन भनेको उत्साहित बनाउने प्रोडक्टको रुपमा लिइएको र लिनुपर्ने पर्यटन व्यवसायी तथा विज्ञ बसन्त मिश्र बताउँछन्।

उनका अनुसार अहिले पनि साहसिक पर्यटनमा क्रेज बढ्दो छ। तर, साहसिक पर्यटकीय प्रोडक्ट बचाइराख्ने भने सरकारले समेत सहयोग गर्नु पर्ने मिश्र बताउँछन्। 

प्रकाशित मिति: : 2021-03-11 14:43:00

प्रतिकृया दिनुहोस्