रोल्पाका युद्धकालिन माओवादी भन्छन्– 'हामी त एमाले'

माओवादी पृष्ठभूमिका नेताहरू एमालेमा खुलेरै लागेका छन्। घर्तीगाउँका विजय घर्ती, आनन्द बुढा र प्रेम विक १० वर्षे जनयुद्धमा सहभागी हुने पश्चिम भेगका दर्जन मध्ये शीर्ष नेताहरू हुन्।

सर्वोच्चको आदेश अनुसार एमाले र माओवादी नेताहरू आ–आफ्नो कित्तामा उभिएपनि उनीहरू एमालेमै रहें। देशलाई समृद्धिको बाटोमा लैजाने शक्तिको पक्षमा आफू रहेको उनीहरू बताउँछन्। 

नेकपा हुँदा ओली समूहसँग नजिकिएका यी तीनै नेता एमालेसँगै हिँडेपछि माडी गाउँपालिकामा माओवादी केन्द्रलाई राजनीतिक रुपमा धक्का लागेको छ। जनमैत्री नेताका रुपमा चिनिएका उनीहरुको माडी गाउँपालिकामा राम्रो टीम रहेको छ। यहाँका प्रायः युवाहरू उनीहरूसँगै छन्। 

विजयलाई तत्कालीन माओवादीमा विभिन्न तहमा रहेर काम गरेको राम्रो अनुभव छ। उनी जिल्लामा संगठन निर्माण गर्ने नेताका रुपमा चिनिन्छन्। आनन्द र प्रेम भने जनमुक्ती सेनाका पूर्वलडाकु हुन्।

प्रधानमन्त्री केपी ओली देश विकास र समृद्धिको बाटोमा रहेको उनीहरूको भनाई छ। संसदीय व्यवस्थामा एमाले नै अब्बल पार्टी रहेको तर्क गर्छन्। 

प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवीले नै आफू एमालेको पक्षमा लागेको विजय घर्तीले बताए। ‘प्रधानमन्त्रीको देश विकास गर्ने सपनाकै कारण मलाई एमाले मनपरेको हो,’ उनले भने, ‘कम्युनिष्टहरूको समस्या भनेकै जनतालाई प्रयोग गर्ने र आफू कुर्सीमा पुग्ने हो। तर, प्रधानमन्त्री ओली र एमालेभित्र त्यस्तो छैन।’ 

अझैपनि कम्युनिष्टहरूले एकता गर्ने आशामा छन्, अर्का युद्धकालीन नेता आनन्द बुढा। ‘सत्ताकै पछि दौडिँने नेतालाई कदापि साथ दिनुहुँदैन’, उनी भन्छन्।

एमालेमा कुर्सीको लडाईं भन्दापनि जनताको सपनालाई स्थान गरेको माडीका युवा प्रेम विक बताउँछन्। उनी भन्छन्– 'एमाले नै राष्ट्रवादीहरूको पार्टी हो।'
 

प्रकाशित मिति: : 2021-03-12 17:51:00

प्रतिकृया दिनुहोस्

    यीनि हरु ले एमाले ले कसरी समृद्धि को बाटो रोजे को देखे सबै भन्दा सत्त को लोभी भनेकै के पि ओलि चोर हो ।के पि ओलि लाई समर्थन गर्ने भनेकै दिमागी हालत खराब भयका हुन ।विभिन्न रास्ट्रघाती सन्धी समझौता सत्तरी करोड वाइडबडी ओम्नि स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार निर्मला हत्या आरोपी ढाकछोप ३३के जि सुन काण्ड बालुवाटार जग्गा यी सबै न देख्ने सबै दिमागी हालत खराब भयका हुन

    • 4 बर्ष अगाडि
    • राजन

    १० वर्षे जनयुद्ध कालमा अति चर्चित ठाउँ घर्ती गाउँ का तत्कालीन माओवादी साथीहरू पनि अहिलेको अवस्थामा केही कम्युनिस्ट भनाउँदा नेताहरू राजनीति खिचातानी र पदिय मोहका कारण सिङ्गो कम्युनिस्ट आन्दोलनमा नै आँच आउने हिसाबले बिदेशी शक्तिको ईशारामा राजनीति उथलपुथलमा लागि रहेको बेला एक मात्र राष्ट्रबादी , बिकास प्रेमी तथा जनउत्तरदायित्व बोकेको पार्टी नेकपा एमालेमा समाहित हुनुभएकोमा बढाइ दिन चाहन्छु ।सधैं आफ्नो विचार र सिद्धान्त प्रति अडिग रहनु होला । वैदेशिक हस्तक्षेपलाई पराष्ट गर्न नेकपा एमाले र केपी ओलीको नेतृत्वबाट मात्र सम्भव छ ।।

    • 4 बर्ष अगाडि
    • मोहन मगर