विभेदले जन्माएका विद्रोही

नेपाल लाइभ

काठमाडाैं

युवा आगो जस्तै हुन्छन्। उनीहरुभित्रको ऊर्जा सम्हाल्न सकियो भने रोशनी फैलिन्छ, नियन्त्रण बाहिर गयो भने डढेलोमा परिणत हुन पनि बेर लाग्दैन। वर्षौंदेखि किनारीकृत मधेशी युवाको ऊर्जा रोशनी बन्नका लागि सडकमा पोखियो १५ वर्षअघि।

तर ‘मधेश मुक्ति’को सलाइको काँटी कोरेर दियो जस्तै जलाउन खोजेकाहरुले मधेशी युवाको ‘आगो’ सम्हाल्न सकेनन्। सत्ताको शीतलहर चलेका बेला त्यो आगोको तापबाट केही नेता लाभान्वित भए। शक्ति र सत्ताको न्यानो सेके। त्यो समयका युवा प्रौढ भइसके तर मधेश मुक्तिको आन्दोलन उहीँ छ, मुद्दा त्यहीँ छन्। 

मधेश आन्दोलनकै वरिपरी पूर्णकालीन राजनीतिमा होमिएका सन्तोष मेहतालाई यसले हरदिन झस्काइरहन्छ। उनी आफैंसँग प्रश्न गरिरहन्छन्– लडाइँ लड्नै बाँकी छ तर, फेरि युवा लड्न तयार हुन्छन् कि हुँदैनन्? किनभने आन्दोलनमा युवा सपना लिएर आएको हुन्छ। आन्दोलन पूरा भएपछि सपनाले मूर्त रुपमा पाउने आशा हुन्छ। आशा पूरा भएन भने फेरि जगाउन मुश्किल पर्छ। 

जनता समाजावादी पार्टीका केन्द्रीय सदस्य मेहता भन्छन्, ‘मधेश मुभमेन्टले विचारको बिउ रोप्यो। अन्याय विरुद्ध आगो ओकल्न सिकायो। तर, त्यसलाई कसरी राष्ट्रिय मुक्तिमा परिणत गर्ने भन्नेतर्फ नेताहरुले उति ध्यान दिन सकेनन्। त्यसपछि मधेशका युवामा राजनीतिप्रति वितृष्णा पैदा भयो।’

प्रकाशित मिति: : 2021-03-13 10:22:00

प्रतिकृया दिनुहोस्