'माधव नेपालहरु पेरिसडाँडाबाट रुवावासी गर्दै बिदा भएर होटलमा एक दुुई रात बास बसेको सुनियो'

रातोपाटी

काठमाडाैं

प्रधानमन्त्री केपी ओलीले देश बनाउने र पार्टी चलाउने अभियानमा लाग्न माधव नेपाल र झलनाथ खनाललाई आग्रह गरेका छन् । नेपाल र खनालको नाम नलिई उनले भने,‘केही साथीहरु केपी ओलीलाई ठेगान लगाउन एमाले फर्कन्छौं भनिरहनु भएको छ, म भन्छुु – खुट्टी देख्दै चाल पाइयो । देश बनाउन, पार्टी चलाउन, काम गर्न आउनुस्, सच्चिएर आउनुस्, स्वागत छ । केपी ओलीलाई ठेगान लगाउन आउनुभयो भने तपाईको खुट्टामा बाटोमै ठेस लाग्छ ।’

दुुई तिहाई बहुमत प्राप्त पार्टी भत्काएर टालाटुलीको सरकार बनाउन केही व्यक्तिहरु कुदेका कारण आजको अवस्था निम्तिएको उनले बताए । माधव नेपालमाथि व्यङ्ग्य गर्दै उनले भने, ‘बाटो–बाटोमा अध्यक्षको पकडी बाँधेर हिंड्ने ? 

मलाई त पार्टीको अध्यक्षमात्रै होइन । साधारण सदस्यबाटै निकालेका थिए । यिनीहरुले सकेदेखि के गर्ने रहेछन् ?’ अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको भेलामा ओलीले भने । 

प्रकाशित मिति: : 2021-03-13 16:34:00

प्रतिकृया दिनुहोस्