मनुस्मृति र महिला सुरक्षा

देशसञ्चार

काठमाडाैं

आमोदवर्धन कौण्डिन्न्यायन

विषयप्रवेश

वैदिक धर्मशास्त्रका विशेष गरी मनुस्मृतिका विभिन्न पक्षमा यथार्थ कुरा जनसमक्ष आओस् भन्ने उद्देश्यले यस लेखमा मनुस्मृतिमा गरिएको महिलासुरक्षासम्बन्धी व्यवस्थाको चर्चा गरिँदै छ । वैदिक धर्मको आजभोलि सर्वाधिक आलोचना गर्ने गरिएको ग्रन्थ मनुस्मृति हो ।

यसले महिलाप्रति अनुचित नियम बनाएर थिचोमिचो गर्ने गरेको छ भनेर प्रचार गर्ने–गराइने गरेको पनि देखिन्छ । धेरैले ‘न स्त्री स्वातन्त्र्यमर्हति’ भन्ने मनुको श्लोकलाई विवादको विषय बनाउने गरेका पनि छन् । त्यसैले यहाँ यसै विषयमा लेखिँदै छ ।

महिला सुरक्षाको आवश्यकता

हिंसा, चोरी, डकैती इत्यादि अपराधपूर्ण कार्यबाट सम्पूर्ण राष्ट्रवासीको रक्षा गर्ने कार्य जति महत्त्वपूर्ण हुन्छ, त्यसै गरी महिलाहरूलाई बलात्कृत हुनबाट रक्षा गर्ने कार्य पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ।

यदि कदाचित् कुनै महिला बलात्कृत भइहालेमा उसमाथि पर्न गएको मानसिक र शारीरिक आघातको केही गरेर पनि क्षतिपूर्ति हुन नसक्ने हुनाले त्यस्तो अपराध भएपछि अपराधीलाई दण्ड दिनुभन्दा पनि बढी सतर्कता त्यस्तो अपराध हुनै नदिनुमा अपनाउन पर्ने देखिन्छ । त्यसैले सकेसम्म त्यस्तो अपराध हुन सक्ने अवस्थै नआओस् भनेर मनुस्मृतिले महिलाका सुरक्षाका निम्ति विशेष निर्देश दिएको देखिन्छ—

पिता रक्षति कौमारे भर्ता रक्षति यौवने ।
रक्षन्ति स्थविरे पुत्रा न स्त्री स्वातन्त्र्यमर्हति ।।९।३।।

अर्थात् बाल्यकालमा बाबुले, यौवनावस्थामा पतिले र वृद्धावस्थामा छोराहरूले स्त्रीको रक्षा गर्छन् । स्त्री कहिल्यै पनि स्वतन्त्र रहन हुँदैन अर्थात् अरू कसैबाट पनि रक्षित नभैकन एक्लै रहन हुँदैन। यसको तात्पर्य स्त्री स्वतन्त्र रहेर आफ्नाे रक्षा गर्न प्रायः सम्भव हुँदैन भन्ने हो ।

प्रकाशित मिति: : 2021-03-14 17:17:00

प्रतिकृया दिनुहोस्