रोहित सेट्टीले फिल्म ‘सूर्यवंशी’ रिलिज हुने मिती तय गरेका छन्।
आइतबार आफ्नो ४८औं जन्मदिनको अवसर पारेर उनले ३० अप्रिल (बैशाख १७) फिल्मको रिलिज घोषणा गरेका हुन्।
फिल्म रिलिज हुने मिती तोक्दै उनले लेखेका छन्, ‘प्रिय दर्शक र मेरा स्टारका फ्यान क्लब। म जान्दछु कि तपाईंहरुले पूरै एक वर्ष ‘सूर्यवंशी’ को रिलिजको प्रतिक्षा गर्नुभयो र हाम्रो लागि योभन्दा ठूलो खुसी हुन सक्दैन कि हाम्रो फिल्म ३० अप्रिल २०२१ मा सिनेमा घरमा रिलिज हुँदैछ।’
यो फिल्म २०२० को मार्च २४ मा रिलिज हुँदै थियो, तर कोरोनाका कारण अन्तिम समयमा फिल्मको प्रदर्शन मिति स्थगन गरिएको थियो।
रोहित सेट्टीको कप सिरिजको चौथो फिल्म ‘सूर्यवंशी’मा अभिनेता अक्षय कुमार, अभिनेत्री कैटरीना कैफ, अजय देवगन र रणवीर सिंह पनि देखिँदैछन्।