डिशहोमले मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ संचालन गरेको छ।
आफ्ना ग्राहकहरुलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले डिशहोमले नयाँ र मोरञ्जनात्मक कमेडी शो संचालन गरेको हो।
‘कमेडी क्याफे’ फागुन २२ गतेदेखि डिशहोमको 'Reality TV Channel-102' मा प्रत्येक शनिबार बेलुकी ७ बजे प्रशारण भइरहेको छ।
बिबिध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसंगै फोनमार्फत सेलिव्रेटी, कलाकार र अन्य व्यक्तिहरुलाई फोनमार्फत ठट्टा गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्ने छन्।
हाँस्य टेलिसृंखलामा 'माने र रेन्बो सोल्टा' नाममार्फत परिचित कलाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनी फोन उठाउने व्यक्तिसंग ठट्टा गर्ने गर्छन्।
यस कार्यक्रममार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ।