अभिनेता अमिर खानले औपचारिक रुपमा घोषणा गर्दै सामाजिक सञ्जालको प्रयोगबाट टाढिएका छन्।
गत आइतबार जन्मदिनको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिने प्रशंसक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै उनले त्यही पोस्टलाई अन्तिम भनेर लेखेका थिए।
उनले कामको व्यस्तताका कारण आफु सामाजिक सन्जालबाट टाढिन लागेको बताएका छन्। बरु उनको प्रोडक्सन हाउसले नयाँ ट्विटर ह्यान्डल लन्च गरेको छ। अब आमिरबारे उक्त प्रोडक्सन हाउसले जानकारी दिनेछ।