‘मिच्छामि दुक्कडम’ : क्षमा मागौं, क्षमा दिऔं

नेपाल लाइभ

काठमाडौँ

एक बिहान सुरञ्जन गाडीमा कतै जाँँदै थिए, मोबाइलमा एसएमएस आयो। एक भारतीय मित्रले लेखेका थिए, ‘मित्र, क्षमादान दिनू। लामो समयदेखि तिमीसित गफ हुन सकेको छैन। आज पर्यूषण पर्वको अवसर पारेर सच्चा हृदयले याचना गर्दै छु- यदि मैले आफ्नो मन, वचन अथवा कर्मले जानेर अथवा नजानेर तिम्रो चित्त दुखाएको भए हात जोरेर क्षमायाचना गर्दछु। मिच्छामि दुक्कडम!’

उनलाई मित्रको भनाइ निकै मीठो लाग्यो। अन्य मित्रहरूले पनि प्रत्येक वर्ष यस्तै एसएमएस पठाउने गरेको उनलाई सम्झना भयो। उनले त्यही एसएमएस कपी गरेर देश-विदेशका अन्य मित्रहरूलाई पठाए। उनको मनमा सुखद अनुभूतिका सुक्ष्म तरङ्गहरू उठ्न थाले।

उल्लिखित अंश पंक्तिकार आफैंले लेखेको काल्पनिक उपन्यास ‘क्षमादान’बाट झिकिएका हुन्।

तपाईंलाई कौतुहल हुन सक्छ, यो पर्यूषण पर्व के हो? ‘मिच्छामि दुक्कडम’को अर्थ के हुँदो होला? खासमा पयुर्षण पर्व भनेपछि जैन धर्मवलम्बीहरुले विशेष महत्वका साथ मनाउँदै आएको एक वार्षिक उत्सव हो। श्वेताम्बर जैन धर्मवलम्बीहरु यो उत्सव आठ दिनसम्म मनाउने गर्छन् भने दिगम्बर जैन धर्मवलम्बीहरु दश दिनसम्म मनाउँछन्। 

 

प्रकाशित मिति: : 2021-03-16 09:01:00

प्रतिकृया दिनुहोस्