वामपन्थी चिन्तक र बौद्धिक व्यक्तित्वका धनी श्रेष्ठको निधन

File photo
File photo

नेपालको  वामपन्थी आन्दोलनका चिन्तक, बौद्धिक व्यक्तित्व एवं नेपाल भाषामा जानकार प्रा. माणिकलाल श्रेष्ठको आज निधन भएको छ। 

लामो समयदेखि मिर्गौला र मुटुरोगबाट पीडित श्रेष्ठको आज ८९ वर्षको उमेरमा उपचारको क्रममा नै शहीद गङ्गालाल हृदयरोग केन्द्रमा निधन भएको हो।

वामपन्थी आन्दोलनबारे मिहिनरुपमा अध्ययन गरेका श्रेष्ठ माक्र्सवादको राम्रो जानकार थिए। आफ्नो विषयका अलावा तीक्ष्ण स्मरणशक्तिका धनी श्रेष्ठ नेपाललगायत विश्व इतिहासको तिथिमितिसमेत यकिनका साथ बताउन सक्ने क्षमता राख्थे। 

विसं २०१४ मा साविकको काठमाडौँ नगरपालिका-९ (हाल वडा नं १७) ठहिटीका वडाध्यक्षमा निर्वाचित हुनुभएका श्रेष्ठले मातृभाषाको संरक्षण र सम्वद्र्धनमा विशेष भूमिका खेलेका थिए।

प्रकाशित मिति: : 2021-03-16 20:03:00

प्रतिकृया दिनुहोस्