दाइजोले छिनिएकी रेखादेवी

दाइजोको भुंग्रोमा परेकी २३ वर्षीया रेखादेवी ठाकुर अघिल्लो फागुनमा माइत गएकी थिइन्। बुवाआमाले जग्गा बेचेर कसिदिएको लगनगाँठोकै सम्मान खातिर रेखादेवी मन नलाग्दा-नलाग्दै ईशनाथ-५ लक्ष्मीनियास्थित घर फर्किइन्।

‘त्यसपछि बहिनी रेखादेवी फर्केर आइनन्’, उनका दाइ रोशन ठाकुरले भावविह्वल हुँदै सम्झिए, ‘आयो त केवल मृत्युको खबर।’

आठ महिनाकी गर्भवती रेखादेवीको मृत्युको खबर वैशाख १६ गते साँझ मोतीपुरभरि फैलियो। रेखादेवीको माइती पक्ष दुई किलोमिटर दूरीमा रहेको लक्ष्मीनिया पुगे। तर, उनका पति सञ्जय ठाकुर त्यहाँ देखिएनन्।

गाउँलेहरू सञ्जय फरार भएको बताइरहेका थिए। घर प्रहरी घेरामा थियो। सञ्जयका काका देवेन्द्र ठाकुर (तत्कालीन वडाध्यक्ष)ले ‘पावर’ लगाए। माइती पक्षलाई गेटमै रोकियो। राति ८ बजे मात्र शव रहेको कोठामा जान दिइयो। प्रहरी मुचुल्कामा सही गर्न भनियो।

प्रकाशित मिति: : 2021-03-18 07:59:00

प्रतिकृया दिनुहोस्