क्यानडेली अभिनेता तथा निर्माता एलियट पेज विश्व प्रसिद्व पत्रिका ‘टाइम’को पहिलो पेजमा तस्बिर प्रकाशित हुने पहिलो ट्रान्स जेन्डर अर्थात् लिङ्ग परिवर्तन गर्ने व्यक्ति बन्न पुगेका छन्।
२१ फेब्रुअरी १९८७ को दिन हेलिफ्याक्स, क्यानाडमा जन्मेका पेज पुरुषबाट लिङ्ग परिवर्तन गरेर महिला भएका हुन्।
सन् २००८ मा जुनो नामक सिनेमाको लागि सर्वश्रेष्ठ अभिनेत्री विधामा ओस्कार पुरस्कार बिजेता पेजले खेलेको अन्य सिनेमा हार्ड क्यान्डी, इन्सेप्सन, द अम्ब्रेला एकाडेमी आदि छन्।