उमेर बढ्दै गएपनि मन्दिराको तन्नेरी बन्ने मोह

Photo : Mandira Instagram
Photo : Mandira Instagram

मन्दिरा बेदी बलिउडमा लोकप्रिय अभिनेत्री हुन्।

बलिउडमा उनको अभिनयको जत्तिको चर्चा हुन्छ, त्यत्तिकै उनको सुन्दरताको पनि हुन्छ। मन्दिराले आफ्नो फिट्नेस् मा निकै केयर गरेको पाईन्छ। ४८ बर्षको उमेरमा पनि उनको चमकता कम भएको छैन।

हुन त उनी दुई सन्तानकी आमा हुन, तर दर्शकहरुलाई पत्याउन गाह्रै पर्छ। बलिउडमा उनलाई  फिटनेस आइकनको रुपमा पनि लिईन्छ। मन्दिरा सामाजिक सञ्जालमा पनि निकै सकृय छिन्। सामाजिक सञ्जालमा उनी शारिरिक कसरतको भिडियो शेयर गरिरहन्छिन्। उनले सार्वजनिक गर्ने भिडियोमा आउने टिप्पणीहरू पनि सकारात्मक नै हुन्छन्। 

यहीबीच पछिल्लो समय उनले शेयर गरेको बिकिनीको भिडियो यतिबेला भाइरल बनेको छ। मन्दिराले स्वस्थ रहन कठिन वर्कआउट र डाइट तालिका पछ्याउने बताउदै आएकी छन्। उनको भाइरल भिडियोमा दर्शकहरुले सकारात्मक टिप्पणी गरेका छन्।  धेरै प्रशंसकहरुले उनको खुलेरै तारिफ गरेका छन्। नियमित कसरतबाट उनीले २२ किलो तौल घटाएको बताएकी छन्।

यसबाट पनि प्रस्ट हुन्छ कि- उनी आफ्नो शरिरप्रति कति सचेत छिन्। यसरी उमेर बढ्दै गएपनि तन्नेरी बन्ने मन्दिराको मोहपनि लोभलाग्दो देखिन्छ। 

प्रकाशित मिति: : 2021-03-18 13:36:00

प्रतिकृया दिनुहोस्