संगीतकार शम्भुजित बाँस्कोटा बिशिष्ट संगीत साधक पुरस्कारबाट सम्मानित भएका छन्।
‘नेश्नल इन्टरटेन्मेन्ट अवार्ड’ले उनलाई सम्मान प्रदान गरेको हो।
बिहिबार काठमाडौंको कमलादीमा आयोजित अवार्ड कार्यक्रम मार्फत बाँस्कोटालाई सम्मान प्रदान गरिएको हो।
सम्मान ग्रहणका लागि अवार्ड कार्यक्रममा पुगेको बाँस्कोटाले यो सम्मान आगामी पुस्ताको लागि भएको बताएका छन्।