चैतभरिमै आउँछ काठमाडौँमा मेलम्चीको पानी

देशसञ्चार

काठमाडाैं

पूर्णिमा बिक

मेलम्ची खानेपानी आयोजना अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका उप–निर्देशक उज्वल प्रजापतीले चैत महिनामै काठमाडौँका धारामा मेलम्चीको पानी पुग्ने दाबी गरेका छन्।

उनका अनुसार १५ दिनमा सुन्दरीजलबाट पानी छोडिने छ। त्यसपछि पानी परीक्षण गर्न एक हप्ता लाग्ने छ।

‘पानी परीक्षण गर्न दुई–तीन चरण लाग्छ। एक चरणको परीक्षण सकिसकेको छ। अर्को चरणको परीक्षण भइरहेको छ’, उनले भने, ‘ट्याङ्कीमा पानी प्राप्त भएपछि फ्लसिङ गर्ने र परीक्षण गर्न थप दुई हप्ता समय लाग्छ। यो सबै काम सकेपछि नयाँ पाइपलाइनबाट धारामा पानी वितरण गर्दै जाने हो।’

काठमाडौँ उपत्यकामा सुन्दरीजलबाट आएको पानी सञ्चय गर्न ७४ हजार ५ सय घन मिटर क्षमताका ९ वटा ट्याङ्की निर्माण गरिएको छ। थप दुई वटा ट्याङ्कीको केही काम बाँकी रहेको उनले बताए।

बालाजु, पानीपोखरी, बाँसबारी, आरुबारी, महांकाल चौर, अनामनगर, कीर्तिपुर, तिंगेनी, खुमलटार, मिनभवन र कटुन्जेमा पानी ट्याङ्की छन्।

प्रकाशित मिति: : 2021-03-18 16:43:00

प्रतिकृया दिनुहोस्