नायिका वर्षा सिवाकोटी यतिबेला चलचित्र 'ए साथी सुन'को छायांकनको लागि हेटौँडामा टिन्।
सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको बताईएको चलचित्रलाई राम राघव आचार्यले निर्देशन गर्दैछन्।
यहीबीच वर्षाले आफ्नो सामाजिक सञ्जालमा केही तस्वीरहरु सार्वजनिक गर्दै हेटौँडामा चलचित्रको छायांकन बजोड तरिकाले भईरहेको संकेत दिएकी छन्।
तस्वीरमा उनी बाख्राका स-साना पाठाहरुसँग देखिएकी छन्। उनको पछाडी छायांकन समूहका केही मानिस देखिएका छन्।
फोटो हेर्दापनि सहजै अनुमान लगाउन सकिन्छ की चलचित्रको छायांकन भब्य तरिकाले भईरहेको छ।