हजारौ नेपालीको 'अमेरिकी सपना' को खुल्यो मूलढोका

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा टीपीएस स्टाटसमा रहेका करिव १० हजार र डाका स्टाटसमा रहेका करिव एकसय कागजपत्रविहीन नेपालीका लागि अमेरिकी नागरिक हुने मूलढोका खुलेको छ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिव्समा विहीबार अमेरिकन ड्रिम एण्ड प्रमिस एक्ट पारित भएपछि त्यस्तो सम्भावनाको मूलढोका खुलेको हो।

विधेयकको पक्षमा २२८ मत र विपक्षमा १९७ मत परेको थियो।  विधेयकको पक्षमा २१९ डेमोक्रेट्स र  ९ जना रिपब्लिकन सांसदले मतदान गरेका थिए भने विपक्षमा मतदान गर्ने सबै रिपब्लिकन सांसद थिए।

अमेरिकी कंग्रेसको दुबै सदनबाट यो विधेयक पारित भएमा टीपीएसबाहक र  बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिन युवायुवतीलाई अमेरिकी नागरिकताको बाटो खुल्नेछ ।

डेमोक्रेट्स बहुल तल्लो सदनमा यो विधेयक पारित भए पनि रिपब्लिकन आधा संख्यामा रहेको माथिल्लो सदन सिनेटमा यो विधयक पारित हुन सहज छैन। तल्लो सदनमा सामान्य बहुमतले पारित हुन्छ तर माथिल्लो सदनमा पारित हुन फिलिबस्टर ६० मतको आवश्यकता पर्छ।

आप्रवासन अमेरिकी राजनीतिको एक स्थायी मुद्दा हो। वर्षौदेखि यही मुद्दामा उत्तर र दक्षिण फर्केर डेमोक्रेट्स र रिपब्लिकनले अमेरिकी मूलधारको राजनीति गर्दै आएका छन्।

अहिले अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा डेमोक्रेट्स र रिपब्लिकन पार्टीका ५०–५० सिनेटर छन्। यो विधेयक पारित हुन सबै डेमोक्रेट्स सिनेटरले मत दिएर पनि थप १० रिपब्लिकन सिनेटरले मतदान गर्नुपर्ने हुन्छ। रिपब्लिकन सिनेटरको  पृष्ठभूमि र मुड हेर्दा विध्यक पारित हुन सहज छैन, यद्यपि असम्भव नै चाहि भन्न सकिदैन।

यो विधेयक पारित भएमा लाखौं कागजपत्रपिहिन आप्रवासी अमेरिकी नागरिकताको प्रक्रियामा सहभागी हुन पाउँने छन्। त्यस क्रममा हजारौ नेपालीको अमेरिकी सपना पनि साकार हुने छ।

विधेयक पारित भएकोमा अमेरिकामा रहेको नेपाली डायस्पोरामा खुशी छाएको छ। यसरी खुशी हुनेमा डेमोक्रेट्स पृष्ठभूमिका मानिस रहेका छन्। तर, दु:खको कुरा आफू र आफ्ना सबै अमेरिकी भैसकेका ट्रम्पकन नेपालीको मन भने यो निर्णयबाट कुढिएको छ।उनीहरू आफू र आफ्ना भएपछि बाँकि नेपाली अमेरिकी नहुन् भनेर धुप हाल्दै ट्रम्पकन भएका थिए। तर, उनीहरूका इष्ट देवता ट्रम्प धुलिसात भएपछि अहिले उनीहरू बाइडन र   डेमोक्रेट्सले दिएको १४०० को स्टिमुलस चेकको चारो खाइरहेका छन्। यो स्टिमुलस चेक बन्द गराउन सबै रिपद्वलिकन सिनेटर  र सांसदले विपक्षमा मतदान गरेका थिए। यसमा उनीहरूको सकारात्मक हैन, पूरापूर नकरात्मक योगदान छ।  

आप्रवासन अमेरिकी राजनीतिको एक स्थायी मुद्दा हो। वर्षौदेखि यही मुद्दामा उत्तर र दक्षिण फर्केर डेमोक्रेट्स र रिपब्लिकनले अमेरिकी मूलधारको राजनीति गर्दै आएका छन्।

प्रकाशित मिति: : 2021-03-19 06:59:00

प्रतिकृया दिनुहोस्