अमेरिकामा आइलाग्नेमाथि जाइ लागिन् एक चिनियाँ हजुरआमा, लेखाइन् वीरताको कथा  

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा एक ७५ वर्षीय चिनियाँमूलकी हजुरआमाले वीरताको कथा लेखाएकी छिन्। जिया जेन जी नाम गरेकी ती हजुरआमाले आफूमाथि आक्रमण गर्ने एक श्वेत नश्लवादी आक्रमणकारीलाई काठको चिर्पटले हानेर ढाली दिएकी छिन्।

उनीमाथि बुधबार विहान सान्फ्रान्सिस्कोको मार्केट स्ट्रिटमा बाटो काट्न पर्खिरहेको बेला एक ३९ वर्षीष नश्लवादी श्वेत आक्रमणकारीले आक्रमण गरेको थियो।

अनुहारमा प्रहार गरेपछि ती हजुरआमाले काठको चिर्पट टिपेर आक्रमणकारीलाई हानेकी थिइन्। चिर्पटले लागेर आक्रमणकारी रगताम्मे भएर ढलेको थियो। लगत्तै घटनास्थलमा पुगेको प्रहरीले उसलाई हत्कडी लगाएर स्ट्रेचरमा राखेर उपचारका लागि अस्पताल लगेको थियो। आक्रमणकारीको नाम स्टेभेन जेन्किन्स रहेको प्रहरीले जनाएको छ।  

आक्रमणबाट हजुरआमा जोन जीको अनुहार र आँखामा चोट लागेको छ भने अनुहार   सुन्निएको छ। उनका नाति जोन चेनका अनुसार उनलाई मानसिक र भावनात्मक रुपमा समेत चोट पुगेको छ।

यसैबीच नाति जेनले हजुरआमाको सहयोगका लागि सुरू गरेको गो फण्डमी अभियानमा १९ घण्टाको अवधिमा ४ लाख ७५ हजार डलर संकलन भैसकेको छ। ५० हजार लक्ष्य राखेर सुरू गरिएको अभियानमा १६ हजारभन्दा बढी मनकारीले सहयोग गरिसकेका छन्। सहयोग राशी जोन जीको सहयोगमा खर्चिने बताइएको छ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले कोरोनालाइ चाइनिज भाइरस भन्दै   चिनियाँप्रति घृणा फैलाएपछि उनका अन्ध समर्थकहरू अमेरिकामा रहेका चिनियाँमूलका मानिसमाथि लगातार जाइ लागिरहेका छन्। उनीहरूको आक्रमणको निशानामा चिनियाँजस्तै देखिने मंगोलियन अनुहारका एसियाली पनि पर्नेगरेका छन्।

यसअघि त्यही ठाउँमा ८३ वर्षीय एक भियतनामीमूलका वृद्धमाथि आक्रमण भएको थियो।उनको नाम न्गोक फाम रहेको प्रहरीले जनाएको छ। यो आक्रमणमा पनि जोन जीलाई आक्रमण गर्ने श्वेत आक्रमणकारी स्टेभेन जेन्किन्स नै संलग्न रहेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ। 

अमेरिकाको पश्चिमतटीय राज्य क्यालिफोर्नियाको सानफ्रान्सिस्को बे एरियामा ठूलो संख्यामा चिनियाँ मूलका मानिसको बसोबास रहेको छ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले कोरोनालाइ चाइनिज भाइरस भन्दै   चिनियाँप्रति घृणा फैलाएपछि उनका अन्ध समर्थकहरू अमेरिकामा रहेका चिनियाँमूलका मानिसमाथि लगातार जाइ लागिरहेका छन्। उनीहरूको आक्रमणको निशानामा चिनियाँजस्तै देखिने मंगोलियन अनुहारका एसियाली पनि पर्नेगरेका छन्।

यसअघि मंगलबार मात्र अमेरिकाको अर्को सहर एटलान्टामा एक २१ वर्षीय श्वेत आक्रमणक्रारीले तीन मसाज-स्पामा आक्रमण गरेर दक्षिण कोरियाली मूलका ६ महिलाको हत्या गरेका थिए।

 

प्रकाशित मिति: : 2021-03-19 08:07:00

प्रतिकृया दिनुहोस्