कियारा र सिद्धार्थ प्रेममा !

बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्राको प्रेमसम्बन्ध बारेमा लामो समयदेखि चर्चा चल्दै आएको छ। तर उनीहरुले खुलेर यसबारे आफ्नो प्रतिक्रिया दिएका छैनन्। 

कियाराले एक अन्तरवार्तामा एक रोमान्टिक डेटमा गएको खुलासा गरेपछि भारतीय सञ्चार माध्यमहरुे उनीहरुको प्रेम सम्बन्धलाई आंकलन गरेका थिए। 

नयाँ वर्षको सुरुवातमा सिद्धार्थ र कियारा बिदा मनाउन मालद्वीप गएका थिए। जुन कुरा उनीहरुले बाहिर ल्याएनन्। सिद्धार्थको परिवारसँग कियारा गएपछि उनीहरुको सम्बन्धलाई लिएर अड्कल गरिएको हो। 

प्रकाशित मिति: : 2021-03-19 08:48:00

प्रतिकृया दिनुहोस्