धुर्मुस–सुन्तलीकाे अभिनयमा ‘ओ मेरो परान’

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश ‘ओ मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ।
शुक्रबार एक कार्यक्रमको आयोजन गरी धुर्मुस सुन्तली युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएकाे हो। 
गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत, रचना रिमाल र भक्त प्रधानको स्वर रहेको छ। 
प्रेम कथामा बनेको गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय रहेको छ।
यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने पत्रकार सम्मेलनमा निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेले जानकारी दिएकी छिन्। धुर्मुस–सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म २ घन्टा भन्दा लामो छ। 

प्रकाशित मिति: : 2021-03-21 07:17:00

प्रतिकृया दिनुहोस्