दीपक जैसी तिम्सिनाः ४० वर्षदेखि भारतमा थुनिएका नेपाली नागरिक कारागारमुक्त, केही बोल्न सकेनन्

बिबिसी

काठमाडौँ

कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई शनिवार रिहा गरिएको छ।

उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो।

नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु भएको थियो।

प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो।

पकलाई रिहा गर्न अदालतले आदेश दिए पनि उनको मुद्दा किनारा लागिनसकेको उनको पक्षबाट मुद्दा लडेका कोलकाताका कानुन व्यवसायी हीरक सिन्हाले बीबीसी न्यूज नेपालीलाई बताए।

केही बोल्न सकेनन्

जेलबाहिर तिम्सिनालाई माला लगाएर तथा मिठाइ ख्वाएर स्वागत गरिएको थियो।

दमदम कारागारबाहिर सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो।

प्रकाशित मिति: : 2021-03-21 07:33:00

प्रतिकृया दिनुहोस्