४२ वर्षमा फर्कियो मुस्कान

बिनासुनुवाइ ४० वर्ष भारतीय जेलमा रहेर छुटेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार घर आएका छन्।

परिवारसँग झन्डै ४२ वर्षपछि दुर्गाप्रसादको पुनर्मिलन भएको छ। यसरी फर्किएलान् भनेर नसोचेका छोरासँग ९२ वर्षको उमेरमा आमा धनमायाले भेट गर्न पाएकी छन्।

‘यो त बूढो पो भएछ लु हेर’, धनमायाले प्रकाशचन्द्र (दुर्गाप्रसादका काकाका छोरा)तिर फर्किंदै भनिन्, ‘यसले खोजेर ल्याउँछु भन्थ्यो, पत्याएकै थिइनँ, ल्यायो है ल्याउन त।’

माया मारिसकेको छोरालाई माई नगरपालिका लुम्बाकस्थित घरमै पाएपछि धनमाया धेरै बोल्न सकिनन्। लाडप्यारले भरिएको स्वरमा उनले भनिन्, ‘पहिले लुरे थियो मोटाएछ, सायद सुन्निएको होला बिचरा।’ उनले छोरालाई मिठाई खुवाएर स्वागत गरिन्।

प्रकाशित मिति: : 2021-03-22 10:20:00

प्रतिकृया दिनुहोस्