‘बल’ कांग्रेस ‘कोर्ट’ मा

ताजा जनादेश मात्र प्रदूषित राजनीतिको सही उपचार हो।

पुनर्जीवित प्रतिनिधिसभाको चालु हिउँदे (विधेयक) अधिवेशन नेकपा (एमाले) को अन्तद्र्वन्द्व र नेकपा माओवादी केन्द्र, एमालेकै माधव नेपाल समूह तथा जसपाको भट्टराई–यादव समूहको जसरी पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउनैपर्ने एकसूत्रीय नीतिका कारण सहज ढंगले अघि बढ्ने देखिएन।

एमालेको अन्तर्विरोध झन्झन् चर्किंदै जाँदो छ भने पार्टीको ओलीविरोधी खेमा उनीहरूले भनेजस्तो भएमा केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष पदबाटै बेदखल गरी माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएर नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर अघि बढ्ने रणनीतिमा रहेको तथ्य लुकेको छैन।

केपी ओली र माधवकुमार नेपाल तथा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको त्रिकोणीय द्वन्द्व प्रतिनिधिसभामा समेत प्रवेश गरेको तथा सभामुख र प्रधानमन्त्रीबीचको सम्बन्ध पनि राजनीतिक रूपमा सकारात्मक नरहेका कारण प्रधानमन्त्री ओलीले स्वेच्छापूर्वक राजीनामा गरेबाहेकको अवस्थामा प्रतिनिधिसभा सुचारु रूपमा सञ्चालन भई सरकारले निर्णयार्थ प्रस्तुत गर्ने विधेयकहरूउपरको कारबाही अघि बढ्ने सम्भावना एकदमै क्षीण छ। आजसम्मका बैठकको अवस्थाले यही संकेत गर्छ।

प्रकाशित मिति: : 2021-03-23 11:25:00

प्रतिकृया दिनुहोस्