अध्ययन भन्छ : प्रशोधन गरिएको मासुले डिमेन्सियाको जोखिम बढाउछ !

Happy fresh
Happy fresh

परिस्कृत वा प्रशोधन गरिएको मासु (प्रोसेस्ड मिट)को सेवनले डिमेन्सियाको जोखिम बढाउने अध्ययनले देखाएको छ। 

एक दिनमा २५ ग्राम परिस्कृत मासुको सेवनले डिमेन्सिया हुने जोखिम ४४ प्रतिशतले बढेको छ भने परिस्कृत नगरिएको मासुसँग डिमेन्सिया हुने जोखिम कम सम्बन्धित भएको अध्ययनकर्ताहरूले पत्ता लगाएका छन्। 

अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनमा प्रकाशित उक्त अध्ययनको निष्कर्षले परिस्कृत नगरिएको मासुको सेवनले डिमेन्सिया हुने सम्भावना १९ प्रतिशतले कम हुने देखाएको हो।

अध्ययनका लागि बेलायतका ४० देखि ६९ वर्षका पाँच लाख मानिसको अनुवांशिक र स्वास्थ्य जाँच गरिएको थियो। उनीहरूले कस्तो प्रकारको मासु खाइरहेको, कति समयमा खाइरहेको सबै अध्ययन गरिएको थियो। आठ वर्षको अन्तरालमा सहभागीमध्ये करिब तीन हजारमा डिमेन्सिया भएको पत्ता लागेको थियो। त्यसमध्ये पनि महिलाको तुलनामा पुरुषमा डिमेन्सिया पहिचान भएको थियो। 

धेरैजसो पुरुष, कम शिक्षित, धुम्रपान गर्ने, बढी तौल वा मोटोपनाको समस्या भएका, तरकारी र फलफूलको सेवन कम गर्ने, प्रोटिन र बोसोको सेवन अधिक मात्रा गर्नेहरू प्रशोधन गरिएको मासुको अधिक मात्रामा उपभोग गर्ने गरेको पाइयो। उक्त अनुसन्धानले परिस्कृत गरिएको मासुको सेवनले नसर्ने रोगको जोखिम बढाउने अध्ययनमा प्रमाण थपिरहेको अमेरिकाको लिड्स विश्वविद्यालयका मुख्य अनुसन्धानकर्ता हुइफेङ झाङले बताएका छन्। 

विश्वव्यापी रूपमा लगभग पाँच करोड मानिसमा डिमेन्सिया छ र प्रत्येक वर्ष एक करोड नयाँ डिमेन्सियाको बिरामीको पहिचान गरिन्छ। डिमेन्सियाको विकास र प्रगति जेनेटिक, आहार र जीवनशैलीसहित वातावरणीय कारकहरूसँग सम्बन्धित छ।

प्रकाशित मिति: : 2021-03-23 21:52:00

प्रतिकृया दिनुहोस्