राइड सेयरिङ प्लाटफर्म पठाओको सेवा सुचारु भएको छ।
एप अपडेटको कारण एप अवरुद्ध हुँदा बन्द भएको सेवा पुन: सुचारु भएको हो।
‘एप अपडेटको कारण सेवा अवरुद्ध भएको थियो, अहिले चल्न थालेको छ,’ कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले भने।
ट्याक्सी व्यवसायी र पठाओबीचको विवादको कारण सेवा बन्द भएको अनुमान गरिएको थियो।