थप १४५ जनामा कोरोना संक्रमण, १ जनाकाे मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

देशभर पछिल्लो २४ घण्टामा थप १४५ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९६३ जनाको पिसीआर परीक्षण गरिएकामा १४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९० जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्। यससँगै कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार १८७ पुगेको छ।

गत २४ घण्टामा कोरोनाबाट १ जनाकाे मृत्यु भएकाे छ। याेसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २० पुगेको छ।

अहिले देशभर एक हजार १८२ सक्रिय सङ्क्रमित छन्।

प्रकाशित मिति: : 2021-03-24 17:35:00

प्रतिकृया दिनुहोस्