गएको शुक्रबार दैलेखका नारायण नगरपालिका –५ छातिकोट नवदुर्गा आधारभुत विद्यालयकी पवित्रा बस्नेतमा देखिएको अज्ञात सरुवा रोग गाउँभरि फैलिएको छ।
रोग गाउँभरि फैलिएपछि स्थानीयबासी त्रसित छन्। पवित्रामा देखिएको रोग लक्षण अन्य विद्यार्थीमा पनि सरेको छ। २ सय ८० जना विद्यार्थीमध्ये १ सय जनामा यो रोग देखिएको छ।
शुरुमा अनुहार रातो पिरो हुने, वान्ता हुने, ज्वरो आउने, रिंगटा लाग्ने, पखाला लाग्ने लक्षण बिरामीमा देखापरेका छन्। स्वास्थ्य सेवा कार्यालय दैलेखले ६ दिन बितिसक्दा पनि रोगको पहिचान गर्न सकेको छैन।
जिल्ला स्वास्थ्य कार्यालयमा अनुभवि डाक्टर नहुँदा के रोग हो भनेर पहिचान नहुँदा स्थानीयबासी त्रसित छन्। पवित्रा बस्नेतसहित आमा बहिनी समेत बिरामी परेका छन्।
रोगले विद्यार्थी बिरामी हुन थालेपछि स्वास्थ्य सेवा कार्यालयबाट खटिएको टोलीले सामान्य सिटामोल दिएर फर्किएको स्थानीयबासी बताउँछन्। केही मिनेट ज्वरो आउँछ। रिंगटा लाग्छ। पखाल लाग्छ। स्वास्थ्यकर्मीले दिएको औषधीले काम गरेको छैन।
बिरामीको संख्या दिनदिनै बढदै गएको स्थानीयबासी अमृता बस्नेतले बताइन्।
‘के रोग होला भनेर हामीलाई चिन्ता लागेको छ। कोरोनाको प्रकोप पनि उस्तै छ। रोगको छिटो पहिचान गरेर फैलिन नदिन स्थानीय सरकारले चासो दिनुप-यो’,उनले भनिन्।
समयमै रोगको पहिचान नगरे महामारी फैलिन सक्नेमा स्थानीयबासी त्रसित बनेका छन्।
बिरामीमा हुने बालबालिकाकादेखि बृद्ध समेत रहेको छातिकोट स्वास्थ्यचौकीका इन्चार्ज षडानन्द शर्माले बताए।
उनले भने, ‘स्वास्थ्यचौकीमा बिरामीको संख्या बढेको छ। बिरामीको लक्षण एउटै छ। रोगको पहिचान गरि जनचेतना जगाउनुपर्छ।'
एक सय भन्दा बढी विद्यार्थीमा रोग फैलिएपछि अभिभावकको सल्लाह बमोजिम विद्यालय तीन दिनका लागि बन्द गरिएको हो। धिताहस्थित नवदुर्गा निमाविका सयौं विद्यार्थी बिरामीले थला परेका छन्। बिरामी सबैमा एउटै लक्षण देखिएको छ।
केही दिन अगाडी सोही ठाउँका धनबहादुर बस्नेतको दुई बर्षीय मृतक बालिकामा बिरामीमा देखिएको लक्षण देखापरेको स्थानीयबासी बताउँछन्। ‘मृतक बालकसँग यो रोगको लक्षण मिलेको छ। हामीलाई डर त्रासमा छौँ’, अमृता बस्नेतले भनिन्।
गाउँका बुढापाका, बालबालिका, युवा सबैमा रोग देखिएको वडानं –५ का वडाअध्यक्ष लालबहादुर बस्नेतले बताए। गाउँभरि बिरामी छन्।
रोग अन्यत्र नफैलियोस् भन्नका लागि विद्यालय बन्द गरिएको छ। मंगलबार जिल्ला अस्पताल दैलेखबाट डाक्टर विवेक गुरुङको नेतृत्वमा टोली गएपनि के रोगहरु भन्ने खुल्न सकेको छैन।
एक जना बिरामीको स्वास्थ्य कार्यालय दैलेखको आकस्मिक कक्षमा उपचार भइरहेको निमित्त कार्यालय प्रमुख थिरबहादुर रेग्मीले जानकारी दिए। के रोग हो।
अहिले भन्न सकिदैन। उपचार भइरहेको विरामीको चेकजाँच गरेपछि खबर भन्न सकिन्छ। तर डाक्टर विवेक गुरुङ मौसम परिवर्तन सँगै सामान्य रुघाखोकी रहेको बताए।