प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा उपलब्ध अनुदान सदुपयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
आज ललितपुरमा आयोजना गरिएको पशुजन्य उत्पादनमा आत्मनिर्भरता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले दिगो कृषि विकासका लागि अनुदानको सदुयोग अनिवार्य सर्त रहेको बताए।
सरकारले कृषिमा सस्तो ब्याज, यान्त्रीकीकरण, साना सिँचाइ आयोजना, रासायनिक मल, ढुवानी, बीमामा प्रिमियमलगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको छ।
प्रधानमन्त्री ओलीले किसानको आम्दानीलाई बचतको स्तरमा पु¥याउन कृषि बिमा कार्यक्रमलाई जनस्तरसम्म पु¥याउन र बीमाको किस्ता रकम घटाउनमा जोड दिए।
संयुक्त राष्ट्रसङ्घ अन्तर्गत विश्व खाद्य सङ्गठनको मापदण्डानुसार नेपाल केही पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिको अनुदानमा कतै “उल्फाको धन फूपुको सराद्ध” नबनाउन किसान, व्यवसायी तथा सम्बद्ध निकायलाई आग्रह गरे।