पर्वतारोहण क्षेत्रका श्रमिकका लागि मानसिक स्वास्थ्य तालीम

बिएल संवाददाता

काठमाडाै‌ं
File photo
File photo

पर्वतारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष तालीम सम्पन्न भएको छ। 

गैरआवासीय नेपाली सङ्घअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालीममा पर्वतारोहण सङ्घ सम्बद्ध ३९ जना सहभागिता भएको बताइएको छ।

कार्यक्रमको उद्घाटनमा सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा बद्री केसीले कोभिड–१९ का कारण मानसिक समस्याले गर्दा वैैदेशिक रोजगारलगायत क्षेत्रमा कार्यरत श्रमिकलाई नकारात्मक असर परेको बताए। 

‘पर्वतारोहण सङ्घसँगको सहकार्यमा साहसिक नेपाली पर्वतारोही श्रमिक तथा पर्वतारोहण क्षेत्रका अन्य व्यक्तिका लागि तालीमले व्यक्तिगत रुपमा मात्रै नभई उसको परिवार तथा समाजलाईसमेत फाइदा पुगिरहेको छ’ उनले भने।

कोरोनाका कारणले प्रभावित नेपाली श्रमिकलाई विभिन्न गन्तव्य देशमा र नेपाल फर्केपछि पनि राहत तथा उद्धारका लागि सहयोग पु¥याएको  उनले बताए।

कोरोनाले सबै क्षेत्रमा आर्थिक एवं सामाजिक रुपमा समेत असर परेको र पर्वतारोहण एवं टे«किङ व्यवसायमा समेत असर परेको सङ्घका अर्का उपाध्यक्ष एवं महिला तथा युवा विभाग संयोजक रविना थापा बताउँछिन्।

तालीमले सो क्षेत्रमा संलग्न व्यक्तिलाई सहयोग पुग्ने उनको विश्वास छ। ‘मानसिक स्वास्थ्यका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्छ’ उनले भनिन्।

यस्तै सङ्घका स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले सङ्घले टेलिहेल्थका माध्यमबाट देशविदेशमा रहेका नेपालीलाई सहयोग पु¥याउनका लागि पहल गरिरहेको बताए।

नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले कार्यक्रममा  गैरआवासीय नेपाली सङ्घ र नेपाल पर्वतारोहण सङ्घको सहकार्यमा यस्ता किसिमका कार्यक्रम गर्दै जाने जानकारी दिए।

प्रकाशित मिति: : 2021-03-26 13:42:00

प्रतिकृया दिनुहोस्